पाँचथरमा निर्माणाधीन हाइड्रोपावरले सरकारलाई कर नतिरेको पाइयो

<span class='c1'>पाँचथरमा निर्माणाधीन हाइड्रोपावरले सरकारलाई</span> <span class='c2'>कर नतिरेको पाइयो</span>

पाँचथर भदौ १२ । पाँचथरमा निर्माणाधीन हाइड्रोपावरले सरकारलाई कर नतिरेको पाइएको छ ।

जिएन.कन्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरको कर ती हाइड्रोपावरले नतिरेको पाइएको हो ।

२०७४ असोज १ मा जिसस र  कन्ट्रक्सनको सहमतिअनुसार जिससले लगाएको ढुंगा, बालुवा, गिटी प्रयोग गरेबापतको रकम नतिरेको कन्ट्रक्सनका प्रोपाइटर शंकर थापाले बताए ।

सम्झौता हुनुपूर्व पनि हाइ«ोपावरले जिससलाई दिनुपर्ने बक्यौता दिनुपर्ने भए पनि त्यो पनि नदिएको उनले बताए ।

जिल्लामा निर्माणाधीन माउन्टेन हाइड्रो पावर कम्पनी, हेवा हाइड्रोपावर ए, काबेली हाइड्रोपावर बि, रैराङ हाइड्रो पावरले अहिलेसम्म बालुवा, गिटी र ढुंगाको स्थानीय कर बुझाएका छैनन् ।

आगामी तीन दिनभित्रमा कर नबुझाएमा सम्पूर्ण काममा बाधा अवरोध गर्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् ।

उता रैराङ हाइड्रो पावरका प्रवन्ध निर्देशक कुवेरमणी नेपालले भने कर नतिर्न खोजेको नभई त्यसको संयन्त्रमार्फत् तिर्ने प्रतिक्रिया जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्