उर्लाबारीका वडासदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ

<span class='c1'>उर्लाबारीका वडासदस्य सचिन शाक्य खेलाडीलाई</span> <span class='c2'>छुरा प्रहार गरेको आरोपमा पक्राउ</span>

मोरङ, भदौ १२ । उर्लाबारी नगरपालिका वडा नम्बर–६ का वडासदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन् ।

आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले सोमबार जानकारी दिए ।

मोरङ–११ मा आबद्ध फुटबल खेलाडी २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरी शाक्य फरार रहेको आरोप लगाइएको छ ।४० वर्षीय शाक्यलाई जिल्ला अदालतमा ज्यानमार्ने उद्योगअन्तर्गत् मुद्दा चलाइएको छ ।उर्लाबारी–५ स्थित एरोमा होटलमा गत असार ७ गते विश्वकप फुटबल हेर्नेक्रममा विवाद हुँदा शाक्यले छुरा प्रहार थिए ।

उर्लाबारी जेसिजका अध्यक्ष शाक्य निर्माण व्यवसायी पनि हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्