भोजपुरमा एक व्यक्ति मृत फेला परे

भोजपुरमा एक व्यक्ति मृत फेला परे

भोजपुर भदौ १२ , भोजपुर नगरपालिका वडा नं –८ पोखरेमा एक व्यक्ति मृत फेला परेका छन् । स्थानीय ६० वर्षीय नारायण बहादुर तामाङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

शनिबार बजारबाट घर फर्केका तामाङलाई आइतबार स्थानियले पोखरे स्थित भित्ते कुलोमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । तामाङको शवलाई आवश्यक प्रक्रिया पुरा गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी चरित्र विक्रम कार्कीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्