पर्यटकीय क्षेत्र बसन्तपुर यस्ताे बन्दैछ

<span class='c1'>पर्यटकीय क्षेत्र बसन्तपुर</span> <span class='c2'>यस्ताे बन्दैछ</span>

तेह्रथुम, १३ भदौ ।
पर्यटकीय क्षेत्र तथा नयाँ शहरको रुपमा बिस्तार हुदै गएको तेह्रथुमको वसन्तपुर बजारमा आउने पर्यटकलाई लक्षित गरि सौर्य बत्ती जडान गरिएको छ ।
नेपाल सरकारले नमुना सहरको रुपमा घोषणा गरेको तेह्रथुमको वसन्तपुर बजारमा पर्यटकलाई लक्षित गरि २० लाख बढीको लगानीमा सौर्य बत्ती जडान गरिएको हो । सहरी विकास आयोजनाले बसन्तपुर बजारका बिभिन्न चोकहरुमा ४५ वटा सौर्य बत्ती जडान गरेको आयोजना प्रमख दोर्ण कटुवालले बताए ।नेपाल सरकारले छनौट गरेको देशका १० वटा नमुुना शहर मध्ये बसन्तपुर बजार पनि एउटा नमुना सहर हो । नमुना सहर भए पनि आयोजनाले काम नगरेको स्थानीयले गुनासो गरिरहेको बेला आयोजनाले धमाधम बिकास निर्माणका काम सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्