भोजपुरमा बलात्कारपछि एक बालिकाको हत्या

भोजपुरमा बलात्कारपछि एक बालिकाको हत्या

भोजपुर भदौ १३  । भोजपुरमा बलात्कारपछि एक बालिकाको हत्या भएको छ । साल्पासिलिछो गाउँपालिका–६ सालेवामा वर्ष ११ की बालिका रचना राईको हत्या भएको हो । सोमबार  खाना खाएर स्थानीय नातेदार मामा २० वर्षीय सञ्जय राईसँगै मोबाइलमा फिल्म हुेर्छु भन्दै सुतेकी राईको बलात्कारपछि घाँटी थिचेर हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशवकुमार थेवेले बताउनभयो । सञ्जयसँगै सुतेकी बालिकाको बलात्कारपछि आमाबुबाले थाहा पाउने भएपछि बालिकाको हत्या गरेको हुनसक्ने डीएसपी थेवेले बताउनुभयो ।

आमा धनमनी राई र सौतेनी बाबु राजन राईसँग बस्दै आएका मृतक बालिकाको घरमा सञ्जय राई लामो समयदेखि बस्दै आएको स्थानीय दिक्पल राईले बताउनुभयो । त्यो दिन पनि चौकीडाँडाको गोथेबजारबाट खच्चडमा किराना पसलका सामान ल्याएर साँझामा बास बस्न आएको स्थानीय राईले बताउनुभयो ।बालिकाको हत्या गरेको आरोपमा सञ्जयलाई गएराति नै प्रहरीले पक्राउ गरेको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय लैजान लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्