बिमस्टेक परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु

बिमस्टेक परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको तयारीको लागि पराराष्ट्र मन्त्री स्तरीय बैठक सुरु भएको छ ।  राजधानीको होटल सोल्टीमा बुधबार बिमस्टेक सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु भएको हो । 

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको अध्यक्षतामा बसेको बैठकलाई सदस्य राष्ट्रका परराष्ट्र तथा बाह्य मामिला विदेशमन्त्रीले सम्बोधन गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिहीबारदेखि सुरु हुने बिमस्टेक शिखर सम्मेलनको तयारी, तथा मंगलबार सम्पन्न सचिव स्तरीय बैठकको प्रतिवेदन र बिमस्टेकका महासचिवको प्रतिवेदनमाथि छलफल हुनेछ ।

बैठकले शिखर सम्मेलनका लागि समझदारी पत्र तथा चौथो शिखर सम्मेलन र काठमाडौं घोषणापत्रको मस्यौदालाई पनि अन्तिम रुप दिनेछ । त्यसैगरी मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरणको साथै शिखर सम्मेलनका कार्यसूची बैठकले पारित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्