धनकुटामा पहिलो पटक फिजियोथेरापी एन्ड रिह्याविलिटेसन सेन्टर

<span class='c1'>धनकुटामा पहिलो पटक फिजियोथेरापी</span> <span class='c2'>एन्ड रिह्याविलिटेसन सेन्टर</span>

धनकुटा भदौ १३ । धनकुटामा पहिलो पटक स्पर्श हेल्थ होम फिजियोथेरापी एन्ड रिह्याविलिटेसन सेन्टर संचालनमा आएको छ ।

कोशी पहाडी जिल्लाहरु धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमका बिरामीलाई सेवा दिने उद्देश्यका साथ धनकुटामा स्पर्श हेल्थ होम फिजियोथेरापी एण्ड रिह्याविलिटेसन सेन्टर सञ्चालनमा ल्याइएको हो ।

सेन्टर सञ्चालनमा धनकुटाका स्थानीय युवाको पहलमा करिब २० लाख रुपैयाँ लगानी गरिएको छ ।

यो सेन्टरमा गर्धन दुख्ने, ढाड दुख्ने, कम्मर दुख्ने, नशा च्यापिएको, प्यारालाईसिसलगायतका रोगको उपचार गरिने बताइएको छ ।

यसअघि थेरापी गर्नकै लागि धनकुटासहित कोशी पहाडका बासिन्दा धरान, इटहरी, विराटनगरलगायतका ठूला शहरमा जानुपर्ने बाध्यता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्