म्यानमारका राष्ट्रपति विन मिन्ट लुम्बिनीमा

म्यानमारका राष्ट्रपति विन मिन्ट लुम्बिनीमा

भैरहवा भदौ १३ । बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्ट आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् ।राष्ट्रपति मिन्ट चार्टर विमानमार्फत लुम्बिनी पुगेका हुन ।

लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले राष्ट्रपति मिन्टलाई भैरहवामा स्वागत गरे ।गौतम बुद्ध विमानस्थलबाट उनलाई हेलिकप्टरमार्फत लुम्बिनी क्षेत्रसम्म लगिएको थियो ।

उनले मायादेवी मन्दिर तथा म्यानमारले आफैं निर्माण गरेको विहारमा पूजा तथा ध्यान गरेका छन् ।

यसैबीच रुपन्देहीको सीमा क्षेत्रमा व्यापक कडाइ गरिएको छ ।बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आउने म्यानमार र श्रीलंकाका राष्ट्रपतिको सुरक्षार्थ सीमामा कडाई गरिएको हो ।

राष्ट्रपतिहरुको सुरक्षार्थ सरकारले देशका चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी १ हजार ६ सय सुरक्षाकर्मी लुम्बिनीमा परिचालन गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही प्रशासनले नेपाल भारत सीमा नाका बेलहिया, कर्करहवा, लुम्बिनीलगायत क्षेत्रमा सुरक्षाको व्यवस्था कडा पारेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्