झापामा मादक पदार्थ सेवन गर्ने मुस्लिमलाई जरिवाना तिराइने

झापामा मादक पदार्थ सेवन गर्ने मुस्लिमलाई जरिवाना तिराइने

भद्रपुर, रासस । नेपाल मुस्लिम नागरिक समाज गौरीगञ्जले मादक पदार्थ सेवन गरेर समाजिक सद्भाव बिथोल्ने मुसलमान समुदायलाई जरिवाना तिराउने भएको छ ।
आज बसेको बैठकले समुदायलाई अनुशासित र मर्यादित बनाउन सो निर्णय गरेको समाजका अध्यक्ष नसीर उद्दीनले बताए । उनका अनुसार मादक पदार्थको प्रयोग गरी झगडा गरेमा पहिलो पटक रु ५५१, दोस्रो पटक रु एक हजार १०० र तेस्रो पटक रु एक हजार ५५१ जरिवाना तिराउने बैठकले निर्णय गरेको छ ।
जरिवाना तिर्दै जाने तर मापसे गर्न नछाड्ने हो भने समाजबाट त्यस्ता व्यक्तिलाई बहिष्कार गरिने अध्यक्षको भनाइ छ । गौरीगञ्ज गाउँपालिकामा मुस्लिम समुदायको बढी बसोबास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्