मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने राष्ट्र बैंकको प्रक्षेपण

<span class='c1'>मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत</span> <span class='c2'>पुग्ने राष्ट्र बैंकको प्रक्षेपण</span>

काठमाडौँ, १४ भदौ ।
नेपाल राष्ट्र बैंकले एक वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले विगत दुई वर्षयता बढ्दै आएको मुलुकको आर्थिक वृद्धिदर आगामी वर्ष ८ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेका हुन । काठमाडौंमा आयोजित ‘अर्थ संवाद’ कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत पु¥याउने लक्ष्यसहित नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाएको पनि स्पष्ट पारे ।
गभर्नर नेपालले मुलुकमा प्रतिफल आउने वातावरण सुनिश्चित भएको उल्लेख गर्दै लगानी बढाउन पनि निजी क्षेत्रका उद्योगीहरुलाई आग्रह गरे । उनले व्यापार घाटा मुलुकको मुख्य चुनौति रहेको उल्लेख गर्दै त्यसलाई घटाउन पनि उद्योगी, व्यापारीहरुले सक्दो पहल गर्नुपर्नेमा पनि जोड दिए । हाल नेपालको व्यापार घाटा ११ सय ६१ अर्ब पुगेको छ । सो व्यापार घाटालाई कम गर्दैै लैजाने वातावरण पनि नेपालमा बनेको गभर्नर नेपालको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्