साढे ३३ किलो सुन तस्करी प्रकरण : बाजेको सेकुवाको सिलबन्दी खोल्न सर्वोच्चको आदेश

<span class='c1'>साढे ३३ किलो सुन तस्करी प्रकरण :</span> <span class='c2'>बाजेको सेकुवाको सिलबन्दी खोल्न सर्वोच्चको आदेश</span>

काठमाडौं, १४ भदाै । साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेका भनिएका चेतन भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा गरिएकाे सिलबन्दी हटाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गठित सरकारी टोलीले बाजेका सेकुवाका शाखाहरुमा छापा मारी सिलबन्दी गरेको थियो । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलाशले बुधवार बाजेको सेकुवाका शाखाहरुमा लगाइएको सिलवन्दी हटाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सरकारले गरेको सिलवन्दीविरुद्ध चेतनकी पत्नी नीतिमा भण्डारीले गत भदौ १० गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)का मामा नाता पर्ने चेतन भनिने चेतनाथ भण्डारीले सञ्चालन गर्ने बाजेको सेकुवा पसलमा सुन प्रकरणको छानबिन समितिले गत जेठ ३० गते छापा मारेको थियो ।

समितिले काठमाडौंका विभिन्न स्थानमा रहेका बाजेको सेकुवा कर्नरमा छापा मारी सिलबन्दी गरेको थियो । सुन तस्करीबाट आर्जित गरेको सम्पत्ति बाजेको सेकुवामा लगानी गरेको भन्दै समितिले पसलमा सिलबन्दी गरेको थियो । गृह मन्त्रालयको छानबिन समितिले गोरेका मामा नाता पर्ने चेतन पनि सुन तस्करीमा संलग्न रहेको भन्दै उनीविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको छ । उनीविरुद्धको मुद्दा अदालतमा बिचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्