बिमस्टेकका लागि भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा

बिमस्टेकका लागि भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा

काठमाडौं । बिमस्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभूवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।
मोदी प्रधानमन्त्री भएपछि चौथोपटक नेपाल आएका हुन् ।

बंगलादेश र थाइल्याण्डका प्रधानमन्त्री पनि अहिले केहीबेरपछि आउने तयारी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहान काठमाडौं आइपुगेका हुन् । भारतीय वायुसेवाको विशेष विमानमार्फत उनी काठमाडौं आइपुगेका हुन् । उनी आउनुभन्दा १५ मिनेट अगाडिबाट सबै उडान तथा अवतरण बन्द गरिएको थियो ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान वचा शेख पनि केहीबेरमा आउँदैछन् । आज र भोलि दुईदिनसम्म चल्ने बिमस्टेकको अहिले दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्