ओखलढुंगामा पहिरोः एकै परिवारका चार जनाको मृत्यु

ओखलढुंगामा पहिरोः एकै परिवारका चार जनाको मृत्यु

ओखलढुंगा  १४ भदौ, । मेलुङ गाउँपालिका -८ खिम्तीमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

बुधबार राति खसेको पहिरोले पूर्णबहादुर राईको घर पुरिएको हो । पहिरोमा परी ५० वर्षका राईसँगै उनकी श्रीमती ४५ वर्षीया धनकुमारी राई, छोरा अशिषको मृत्यु भएको छ ।

पूर्णकी दिदी मित्रमायाको पनि पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्