हेटौँडामा एकैरातमा तीन ठाउँमा चोरी

<span class='c1'>हेटौँडामा एकैरातमा तीन</span> <span class='c2'>ठाउँमा चोरी</span>

हेटौँडा, भदौ १४ गते । हेटौँडामा एकैरातमा तीन ठाउँमा चोरी भएका छन् । गए राति हेटौँडा उपमहानगरपालिका–१ को कार्यालय, हेटौँडा टिसिएनमा रहेको एसबिआई बंैक र हेटौँडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा चोरी भएको हो ।

हेटौँडा उपमहानगरपालिका–१ को चाइनाक्वाटरमा रहेको वडा कार्यालयबाट रु ६१ हजार ५० चोरी भएको वडाध्यक्ष सविन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयमा रहेको दराज फोडिएको छ । कार्यालयका कागजपत्र भने दुरुस्त रहेको अध्यक्ष न्यौपानेले बताउनुभयो । कार्यालय चोरी भएको उज्यालो भएपछि थाहा पाएर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यस्तै राति नै हेटौँडा–१० टिसिएनरोडमा रहेको एसबिआई बैंकको सटरको ताला मात्र फोडिएको र रकम भने चोरी नभएको प्रहरीले पुष्टि गरेको छ । बैंकको तीनवटा सटरमा लगाइएको ताला फोडिएको अवस्थामा पाइएको प्रहरीले जनाएको छ । सटर फोडिएको पाइएपछि चोरी भएको आशङ्कामा प्रहरीले अनुसन्धान गर्दा नगद भने चोरी नभएको पाइएको मकवापनुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो ।
यसैगरी हेटौँडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा पनि चोरी भएको छ । गए राति नै भएको चोरीमा नगद तथा रिचार्ज कार्ड चोरी भएको बताइएको छ । मनी ट्रान्सफरको सटर फोडेर चोरी भएको प्रहरीले जनाएको छ । मनी ट्रान्सफरबाट भएको चोरीको विवरण भने आई नसकेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्