झापाको बिर्तामोडमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

<span class='c1'>झापाको बिर्तामोडमा सर्पको टोकाइबाट</span> <span class='c2'>एक बालिकाको मृत्यु</span>

बिर्तामोड ,भदौ १४ । झापामा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।

झापाको कचनकवल–२ मा सर्पले डस्दा बिहीबार तिलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उपरीक्षक बस्नेतका अनुसार घरमा सुतिरहेका अवस्थामा उनलाई गोमन सर्पले डसेको थियो।

सर्पले डसेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको जनाइएको छ। पूजा स्थानीय पथरिया मावि कक्षा ८ की छात्रा हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्