नेपालमा मोटरसाइकल चढ्नेको सङ्ख्या २५ लाख

<span class='c1'>नेपालमा मोटरसाइकल चढ्नेको</span> <span class='c2'>सङ्ख्या २५ लाख</span>

लक्ष्मण दर्नाल

काठमाडौँ, भदौँ १५ गते । नेपालमा मोटरसाइकल चढ्नेको सङ्ख्या अन्य सवारी साधनको तुलनामा अत्यधिक बढेको छ । दर्ता भएका सवारी साधनमध्ये ७८ प्रतिशत मोटरसाइकल छन् । यातायात व्यवस्था विभागका अनुसार नेपालमा ३२ लाख २१ हजार ४३ वटा सवारी साधन छन । जसमध्ये २५ लाख ३० हजारवटा मोटरसाइकल दर्ता छन् ।
पछिल्लो समय वार्षिक औषत चार लाख मोटरसाइकल दर्ता भएको पाइन्छ । आर्थिक वर्ष २०७३/७४ मा तीन लाख ७५ हजार ७१ वटा मोटरसाइकल दर्ता भएका थिए । २०७४/७५ मा तीन लाख ४१ हजार ६३२ वटा मोटरसाइकल दर्ता भएका छन् । चालू आर्थिक वर्षमा सबैभन्दा बढी तीन नम्बर प्रदेश साविकको बागमती अञ्चल यातायात कार्यालयमा मोटरसाइकल दर्ता भएका छन् । २०७४/७५ मा एक लाख चार हजार ४४४ वटा मोटरसाइकल दर्ता भएका छन् । सबैभन्दा कम कर्णालीमा २६० वटा मोटरसाइकल दर्ता भएको विभागले जनाएको छ ।
विभागका अनुसार कार तथा जीप र भ्यान चढ्नेहरूको सङ्ख्या पनि वृद्धि भएको छ । बागमतीमा एक वर्षमा चार हजार चार सयवटा कार तथा जीप दर्ता भएका छन् । आव २०७३÷७४ मा २१ हजार दुई सय ९२ वटा कार जीपहरू दर्ता भएका छन् । आव २०७४÷७५ मा २४ हजार तीन सय ३८ पुगेको छ । देशभर दुई लाख ३७ हजार छ सयवटा कार तथा जीप दर्ता भएका छन् ।
दुईपाङ्ग्रे सवारी साधन अर्थात् मोटरसाइकल सस्तो, जाममा त्यति प्रभावित नहुने, सानो सडक, गल्ली तथा अप्ठेरो र पहाडी स्थानहरूमा जान सकिने र खरिद प्रक्रिया सहज र आफूले चाहेका बेलामा चलाउन सकिने भएकाले मोटरसाइकल सबैले चढ्ने गरेको यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालको भनाइ छ । उहाँले भन्नुभयो, मोटरसाइकलको सङ्ख्या यसरी बढ्नु भनेको सहर कुरुप हुनु पनि हो । विकसित देशहरूमा मोटरसाइकल नभई कारको बढी प्रचलन छ ।
सार्वजनिक सवारी साधनलाई भरपर्दो, समय अनुसारको सुविधायुक्त र रिलायवल बनाएर मोटरसाइकललाई विस्तारै विस्थापित गर्ने योजनामा विभाग रहेको छ । हालको गतिमा मोटरसाइकलको सङ्ख्या वृद्धि भइरहे वातावारण, सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा समस्या हुने विभागको
भनाइ छ ।
मोटरसाइकलको सङ्ख्या बढेपछि यसमा लाग्ने कर पनि बढाइएको छ । अहिले तीन गुणा बढी कर बढाइएको र यो बढ्दै जाने कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्