चार महिनामा ११८ बालिका बलात्कृत

<span class='c1'>चार महिनामा ११८</span> <span class='c2'>बालिका बलात्कृत</span>

काठमाडौँ, भदौ १५ गते । पछिल्लो चार महिनामा ११८ जना बालिका बलात्कृत भएका छन् । केन्द्रीय बालकल्याण समितिले २०७४ साल चैतदेखि २०७५ असारसम्म सञ्चारमाध्यममा प्रकाशमा आएका बालअधिकार हननका घटनालाई समेटेर तयार गरेको प्रतिवेदनमा यस्तो तथ्य पाइएको हो । प्रतिवेदन अनुसार बालिका बलात्कार भएका घटनामध्ये १४ जना सामूहिक रूपमै बलात्कृत भएका छन् ।
प्रतिवेदन अनुसार सबैभन्दा बढी चैतमा ५७ जना बालबालिका बलात्कृत भएका छन् । जसमध्ये ५५ जना बालिका छन् भने दुई जना बालक जर्मन नागरिकबाट यौनदुव्र्यवहारको शिकार भएको पाइएको छ । यस्तै, वैशाखमा २८ जना, जेठमा १३ र असारमा २२ बालिका बलात्कारको शिकार भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बलात्कारमा संलग्न अभियुक्तमध्ये १९ जना बालक नै रहेको छन् भने बाँकी वयस्क रहेका छन् ।
केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बालिका बलात्कारका डरलाग्दा र पत्याउनै नसक्ने खालका घटना सार्वजानिक भएकाले यसको नियन्त्रणका लागि अहिले भएका कानूनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउनुभयो ।
भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताको व्यवस्था अनुसार बलात्कारपछि हत्यामा आजीवन कारागारको सजाय हुने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्