झापामा लागू औषध ब्राउन सुगर सहित दुई जना पक्राउ

<span class='c1'>झापामा लागू औषध ब्राउन सुगर</span> <span class='c2'>सहित दुई जना पक्राउ</span>

दमक भदौ १५ ,  झापाको मेचीनगर नगरपालिका–६ बाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मेचीनगर–६ बर्मेली टोल बस्ने २७ वर्षीय कुशल धिमाल र सोही स्थान बस्ने २२ वर्षीय भरत आचार्य रहेका छन् । बिहिबार दिउसो लागू औषध नियन्त्रण कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भारतको पानीट्याङकीबाट नेपाल तर्फ आइरहेको मे ४ प ९४५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक कुशल धिमालले हेल्मेट भित्र लुकाई छिपाई ल्याएको १७ ग्राम ब्राउन सुगर फेला पारी बरामद गरेको थियो ।

लागू औषध सहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्