धनकुटा ‘बालमैत्री नगरपालिका’ घोषणा गर्ने अभियानमा

<span class='c1'>धनकुटा ‘बालमैत्री नगरपालिका’</span> <span class='c2'>घोषणा गर्ने अभियानमा</span>

धनकुटा, भदौ १५ । फोहोर व्यवस्थापनको क्षेत्रमा देशकै नमुना बनेको धनकुटा नगरपालिकाले नगरलाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान सुरु गरेको छ ।

२०७६ सालभित्र धनकुटा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने गरी अभियान तीब्र पारेको हो । यसका लागि सरोकारवालासँग छलफल, विभिन्न सूचक निर्धारण, बालबालिकाको अवस्थाको अनुगमन लगायतका कार्य सुरु गरिएको छ ।

१० वडा रहेको नगरपालिकाले दुई चरणमा घोषणा गर्ने तयारी गरेको छ । पहिलो चरणमा वडा नम्बर १, २, ३, ४ र ६ गरी पाँच वडा र बाँकीलाई दोस्रो चरणमा घोषणा गर्ने गरी कार्यक्रम अघि सारिएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख नुषराज श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्