कान्छी श्रीमती ल्याउँदा दुखीरामको जेलको बास

<span class='c1'>कान्छी श्रीमती ल्याउँदा</span> <span class='c2'>दुखीरामको जेलको बास</span>

सप्तरी १५ भदौ। उनको नाम हो दुखी राम । नाम त अभिभावकले राखेका होलान्, तर, अहिले भने आफ्नै कारण दुःख पाएका छन् ।

उनी २५ हजार धरौटी तिर्न नसक्दा जेलमा छन् । जिल्ला अदालत सप्तरीले उनीसँग २५ हजार रुपैयाँ धरौटी माग गर्ने कारण हो, उनले अर्काे विवाह गर्नू ।

दुखी रामको आर्थिक अवस्था कमजोर छ । तर, उनले गत ९ बैशाखमा कान्छी श्रीमती भित्र्याए । कञ्चनरुप नगरपालिका १० घोघनपुरका २५ बर्षीय राम र २३ वर्षीया ममताकुमारी उरावले शम्भुनाथ मन्दिरमा विहे गरेका थिए ।

दुखी रामका पहिलो पत्नी उर्मिलादेवीले अर्काे विवाह गरेको भन्दै प्रहरीमा उजुरी दिइन् । उर्मिलाको उजुरीका आधारमा प्रहरीले १८ साउनमा दुबैलाई पक्राउ गर्‍यो ।

अदालतले रामलाई २५ हजार र उरावलाई १५ हजार धरौटी बुझाउन भनेको छ । तर, दुबैसँग पैसा छैन । अदालतले तोकेको धरौटी नबुझाएका कारण दुबैलाई कारागार पठाइएको सप्तरी प्रहरीले जनाएको छ । (अनलाइन खबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्