चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा, यस्तो छ आन्दोलनको कार्यक्रम !

<span class='c1'>चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा,</span> <span class='c2'>यस्तो छ आन्दोलनको कार्यक्रम !</span>

काठमाडौं भदौ १५। नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याइएको मुलुकी संहिताका केही बुँदामा असहमति जनाउँदै संशोधनको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

उक्त ऐनमा भएका विवादित दफा तथा उपदफाहरुमा संशोधन गर्ने प्रतिवद्धता यसअघि नै सरकारले जारी गरे पनि भदौ १५ सम्म संशोधन प्रक्रियाका लागि कुनै कदम नचालेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएको छ ।

संघले आइतबार १ दनिका लागि सांकेतिक हड्तालस्वरुप देशैभरीका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

भदौ १९ गते मंगलबारदेख आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना कार्य नै बन्द गर्ने पनि आन्दोलनका कार्यक्रममा उल्लेख गरिएको छ । महासचिव लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा भदौ २२ गते शुक्रबारदेखि आकस्मिक बाहेकका ओपीडी लगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु संघका माग सम्बोधन नभएसम्म बन्द गर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्