इलाममा अत्याधिक दूर्घटना हुन थालेपछि प्रहरीले लगायो यस्तो कन्भेक्स लेन्स

इलाममा अत्याधिक दूर्घटना हुन थालेपछि प्रहरीले लगायो यस्तो कन्भेक्स लेन्स

इलाम, १५ भदौ । इलाम बजार क्षेत्रमा अत्याधिक दूर्घटना हुने स्थानहरुमा कन्भेक्स लेन्स लगाइएको छ । इलाम नगरपालिका, सडक डिभिजन कार्यालयको सहयोगमा जिल्ला ट्राफिक कर्यालय इलामले बजारका ५ ठाउँमा लेन्स लगाएको हो ।

इलामको तिल्केने मोड, सिंहवाहिनी खोल्सा, ठूलो टुँडिखेल, नेपाल वैक, र बालमन्दीर छेउमा लेन्स लागार्इएको छ । इलामको शेरामा पहिलेनै लागर्इएको थियो । अहिले मेची राजमार्गमा वढी दुर्घटना हुने १२ ठाउँमा यस्तो लेन्स राखिएका छ ।

यस सँगै इलाममा नमुना ट्राफिक व्यवस्थापनको काम सुरु भएको छ । सयौं गाडीको ओहोर दोहोर हुने सडक खण्डमा दैनिकै जसो दुर्घटना हुँदै गएपछि ट्राफिक व्यवस्थापनको चुस्त बनाइँदै आएको हो ।

ट्राफिक प्रहरीको संयुक्त प्रयासमा दुर्घटना न्युनिकरणका लागि सडक अतिक्रमण, फुटपात नियन्त्रण, छाडा चौपाया व्यवस्थित गरिनुका साथै सडक प्रयोग गर्ने नागरिक र विद्यार्थीलाई ट्राफिक जनचेतना अभिवृद्धि गरिँदै आएको इलाम जिल्ला ट्राफिक प्रमुख पदम राईले बताए ।

सवारीसाधनको चाप बढ्दै जाँदा घुमाउरो बाटोमा बढी सवारी दूर्घटना हुँदै आएकाले घुम्ति र मोडहरुमा कन्भेक्स लेन्स, दुर्घटना बढी भएका क्षेत्रमा सन्केत चिन्ह र नियमिति चेतनामुलका कार्यक्रम हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्