स्कुलले विद्यार्थीहरुमा अनौठो लक्षण देखिन थालेपछि विद्यालय बन्द

स्कुलले विद्यार्थीहरुमा अनौठो लक्षण देखिन थालेपछि विद्यालय बन्द

विराटनगर १६ भदौ । मोरङको उर्लाबारी–१ स्थित शारदा माध्यमिक विद्यालयका विद्यार्थीमा केही दिनदेखि अनौठो लक्षण देखिएपछि विद्यालय बन्द गरिएको छ ।

गत बुधबारदेखि विद्यार्थीमा अनौठो लक्षण देखा पर्दै आएको छ । कक्षा ८, ९ र १० मा अध्यनरत छात्राहरुमा बरबराउने, कराउने, चिच्याउने, हात खुट्टा बजार्ने, साथीलाई झम्टिनेजस्ता अनौठो लक्षण देखिएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका शिक्षक अम्बिकाप्रसाद आचार्यले जानकारी दिए ।
१० जना भन्दा बढी विद्यार्थीमा यस्तो लक्षण देखिन थालेको र यो क्रम नरोकिएपछि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद दाहालले जानकारी दिए । विद्यार्थीमा अनौठो लक्षण देखिएको खबर आएपछि केहीलाई मंगलबारे हस्पिटलमा पुर्याइएको छ ।
अनौठो रोग विद्यार्थीहरुमा देखा परेपछि डाक्टरले ‘मास कन्र्भर्सन् डिस्अडर’ को लक्षण भएको जानकारी दिएको विद्यालयका प्रधानाध्यापक दाहालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्