झापा, १६ भदाै । झापा जिल्लाको अर्जुनधारा नगरपालिका-९ खतिवडा चोक स्थित एक किराना पसलमा आगलागी भएको छ । स्थानीय विर बहादुर थापाको काठले बनेको घुम्तीमा रहेको किराना पसलमा अचानक आगलागी भएको हो । आगलागीबाट पसलमा रहेको खाद्यान्न लगायतका सामानहरु जल्दा अन्दाजी ७० हजार बराबरको क्षति भएको छ । आगलागी स्थानीयवासी र प्रहरीको सहयोगमा विहान नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।