आज भगवान् श्रीकृष्णको आराधना गरी श्रीकृष्ण जन्माष्टमी मनाइदै

<span class='c1'>आज भगवान् श्रीकृष्णको आराधना</span> <span class='c2'>गरी श्रीकृष्ण जन्माष्टमी मनाइदै</span>

सरोज आचार्य

ललितपुर, भदौ १७ गते । भदौ कृष्ण अष्टमीका दिन आइतबार(आज) भगवान् श्रीकृष्णको आराधना गरी श्रीकृष्ण जन्मोत्सव मनाइँदैछ । द्वापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट भगवान् विष्णुको अवतारको रूपमा यसै दिन उहाँको जन्म भएको मानिन्छ ।

कर्म गर फलको आशा नगर भन्ने कृष्णवाणी मनन योग्य छ । सूर्य योगमा भगवान् रामको जन्म भएको मानिए जस्तै चन्द्र योगमा भगवान् कृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । 
चन्द्र योगको उत्तम वस्तु दुग्ध पदार्थ रहेकाले भगवान् श्रीकृष्णमा दही मखन रुचाउने स्वभाव रहेको ज्योतिषी डा. सुनिल सिटौला बताउनुहुन्छ । दही मखन चढाउँदा श्रीकृष्ण प्रशन्न हुनुहुन्छ भन्ने मान्यता छ । आफैँमा रसरङ र गोपिनीसँगको राशलिलासँग जोडिएको उहाँका अनेकौँ घतलाग्दा रोमाञ्चकारी प्रसङ्ग पुराणहरूमा पाइन्छ ।
ज्ञान कर्म र भक्तियोगका प्रणेताका रूपमा उहाँलाई पुजिन्छ । पाटनको कृष्ण मन्दिर, पशुपति मन्दिर परिसरको स्वेतवर्ण कृष्ण, गोठाटारको कृष्ण मन्दिर, हनुमानढोकाको कृष्ण मन्दिर लगायत सवै कृष्ण मन्दिरमा यो दिन मेला लाग्छ । कृष्ण प्रणामी र इस्कोन समुदायले बुढानीलकण्ठमा यसै अवसरमा उत्सव राखेका छन् ।
डिल्लीबजारको रामचन्द्र बहालमा टोलवासीले भगवान् श्रीकृष्णका चरित्र झल्कने तस्विर प्रदर्शन गर्दैछन् । गुह्येश्वरीका पुजारी हरिकृष्ण कर्माचार्यले पितापुर्खाले चलाइ आएको श्रीकृष्ण खटयात्रालाई कुमारीगाल र गुह्येश्वरीमा निरन्तरता दिँदै हुनुहुन्छ ।
धेरै वर्षदेखि रोकिएको यो यात्रा विगत केही वर्षयता निरन्तर चलिरहेको छ । यसै सिलसिलामा पाटन कृष्ण मन्दिरमा भक्तजनको सुविधाका लागि आवश्यक तयारी गरिएको छ । गुठी संस्थान पाटन शाखा कार्यालय प्रमुख शैलेन्द्र पौडेलका अनुसार श्रीकृष्णको मूर्ति र खराउमा भक्तजनले अर्चना गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्