मोटरसाइकल दुर्घटनामा हवल्दार भट्टको मृत्यु

<span class='c1'>मोटरसाइकल दुर्घटनामा हवल्दार</span> <span class='c2'>भट्टको मृत्यु</span>

कञ्चनपुर भदौ १७ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक गए राति मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका सहायक हवल्दार भीमदत्तनगरपालिका–१८ खैरभट्टी घर भएका अन्दाजी ३२ वर्षीय हरिश भट्टको मृत्यु भएको छ ।

कैलालीको टिकापुरबाट से२प ९६६९ नं को मोटरसाइकलमा आउँदै गरेका भट्ट चढेको मोटरसाइकल र भीमदत्तनगरबाट धनगढीतर्फ जाँदै गरेको से१ज ८६२ नं को भ्यान आपसमा ठोक्किँदा उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।

दुर्घटनामा भएको जानकारी पाउने बित्तिकै पुगेको प्रहरीको टोलीले सख्त घाइते अवस्थामा भेटिएका भट्टलाई तत्कालै उपचारार्थ अत्तरियाको अस्पतालमा भर्ना गरे पनि उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको हलद्धानीतर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।

ठक्कर दिने भ्यान र चालक इप्रका झलारीको नियन्त्रणमा रहेका छन् । भट्ट उग्रतारा सशस्त्र प्रहरी गण टिकापुरमा सहायक हवल्दार पदमा कार्यरत रहेको बुझिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्