इटहरी भदौ १७ , बिद्यालय व्यस्थापन र अविभावकबीच सम्बन्ध प्रगाड बनाउन तिज कार्यक्रम इटहरीमा आयोजना गरिएको छ । इटहरीको सुभारम्भ वाटिकामा आयोजित इटहरी र बिराटनगरमा रहेको किन्डरपिलर प्रि-स्कुलका बालबालिकाका अविभावकसंग तीज कार्यक्रम मनाइएको दुवै स्कुलकी निर्देशक श्रुति शर्माले जानकारी दिईन ।
अविभावक आमाहरुले बिभिन्न संस्कृति झल्किने पहिरन लगाएर र्याम्प वाक तथा बिभिन्न खेल खेलेर र नाचगान गरी तीज पर्व मनाएका थिए ।
अमेरिकन फर्म्याटमा इटहरी र बिराटनगरमा संचालित उक्त स्कुलले बालबालिकाको लागि पनि चौतर्फी बिकासको लागि बिभिन्न कार्यक्रम गर्दै आएको छ ।