गेष्ट हाउसमा प्रेमिकाको हत्या गरेर प्रेमी फरार

<span class='c1'>गेष्ट हाउसमा प्रेमिकाको हत्या</span> <span class='c2'>गरेर प्रेमी फरार</span>

काठमाडौं भदौ १७ । काठमाडौंको वसुन्धारास्थित एक गेष्ट हाउसमा प्रेमिकाको हत्या गरेर प्रेमी फरार भएका छन् । काठमाडौं प्रहरीले घटना भएको २ दिनपछि मात्रै जानकारी पाएको छ ।
यही भदौ ७ गते वसुन्धारास्थित स्पीड गेष्ट हाउसको कोठा नम्बर १०१ मा धादिङका १८ वर्षीय लक्ष्मी परियार र २२ वर्षीय अनिल परियार श्रीमान्–श्रीमती भन्दै बसेका थिए ।

तर १३ गतेबाट कोठा बन्द भएपछि १५ गते होटल सञ्चालकले प्रहरीलाई जानकारी गराएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले भने, ‘‘उनीहरु पटक–पटक त्यो होटलमा आएको देखिन्छ । उनीहरुको झगडा पनि परिरहन्थ्यो भन्ने कुरा आएको छ । तर १३ गते बाहिरिएका अनिल नआएपछि प्रहरीले १५ गते कोठामा हेर्दा लक्ष्मी मृत अवस्थामा भेटिइन् ।’’
पोष्टमार्टमको रिपोर्ट नआएकाले हत्या कसरी भयो भन्न नसकिने लामाले बताए । हत्यामा संलग्न भनिएका अनिल फरार रहेको र पक्राउ परेपछि मात्रै घटनाको कारण खुल्ने एसएसपी लामाले बताए । प्रहरीले काठमाडौंका सबैजसो होटलमा बस्नेहरुको विवरण लिने गर्छ । तर यो घटना भने २ दिनपछि मात्रै प्रहरीको जानकारीमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्