आमा बुबा गुमाएका टुहुरा बालकलाई राजवंशी समाजको सहयोग

<span class='c1'>आमा बुबा गुमाएका टुहुरा</span> <span class='c2'>बालकलाई राजवंशी समाजको सहयोग</span>

विराटनगर, १७ भदौ ।
मोरङको सुनवर्सी नगरपालिका ७ कुडेलीमा बस्दै आएका फागुलाल राजबंशीका बिचल्ली भएका तिन बच्चाहरुलाई राजवंशी युवा समाजले राहत सहयोग गरेको छ ।
२०७० चैत्र ३० गते सेतो लामखुट्टेको टोकाईबाट विरामी परेका राजबंशीको पैसाको अभावमा उपचार हुन नसकेर ५० बर्षकै उमेरमा फागुलालको मृत्यू भएको थियो । उनको मृत्यु भए पछि ३ बच्चा आमा सन्तोषी राजबंशीको काखमा हुर्किका थिए । फागुलालका १४ बर्षका जेठो छोरा दिपक राजबंशी, ७ बर्षका राजिव राजबंशी र ५ बर्षका रोशन राजवंशी हुन् । तर केही समय पछि आमा सन्तोषीको पनि सेतो लामखुट्टेको टोकाईबाट उपचार हुन नसकेर ज्यान गयो । पैसा अभावका कारण समयमा उपचार गर्न लैजाने कोही नभएपछि उनको मृत्यु भएको थियो ।
अहिले यो परिवारसँग स–साना छोराहरु टुहुरा अबस्थामा छन् । उनीहरु हरेक दिन आमालाई खोज्दै आँसुका धारा बगाउँछन् । अहिले यो घरमा भातखाने चामल समेत नहुदा बालकहरु छिमेकीको भरमा लालनपालनमा छन् । टुहुरा बालकहरुलाई राजवशी युवा समाजले १० हजार बराबरको खाद्यन्न सामाग्री हस्तान्तण गरेको हो ।
बालकहरु दुःखमा परेको थाहा पाएपछि राजवंशी युवा समाजलले सहयोग स्वरुप राहत हस्तान्तण गरेको समाजका अध्यक्ष मनोज कुमार राजवंशीले जानकारी दिए । समाजले नगद २५ सय पैसा समेत सहयोग गरेको राजवंशीले बताए । सहयोग हस्तान्तण कार्यक्रममा उक्त वडा अध्यक्ष प्रकाश यादव, प्रहरी ईन्र्चाज हरि बस्नेतको समेत उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्