राधाकृष्ण रथयात्रा आज : ३ बजे राधाकृष्ण मन्दिरबाट सुरु भई ४३ स्थानमा विश्राम लिने

<span class='c1'>राधाकृष्ण रथयात्रा आज : ३ बजे राधाकृष्ण</span> <span class='c2'>मन्दिरबाट सुरु भई ४३ स्थानमा विश्राम लिने</span>

बिराटनगर भदौ १८ , विराटनगरमा निस्कने ५१ औं राधाकृष्ण रथयात्रा आज निस्किदै छ । रथयात्रा भदौ १८ गते सोमबार ३ बजे राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड हुँदै महेन्द्र चोक, धरान रोड, बरगाछीबाट पुन: मन्दिर परिसरसम्म ७ किलोमिटर दूरी तय गरिएको छ । भक्तजनहरूका लागि रथयात्राको दर्शन र पूजा गर्न ४३ ठाउँमा विश्राम दिने व्यवस्था गरिएको छ । ५१ औं रथयात्राको नेपाल र भारतका गरी ५ लाख बढी भक्तजनले प्रत्यक्ष अवलोकन, दर्शन र पूजापाठ गर्ने समितिको दाबी छ । प्रदेश सरकारले उक्त दिन मोरङ र सुनसरी जिल्लामा सार्वजनिक विदा दिने निर्णय यसअघि नै गरी सकेको छ ।

यस्तो छ इतिहास : १९८८ सालमा राधारकृष्ण मन्दिरको स्थापना भएदेखि खट यात्राबाट सुरु भएर २०२५ सालदेखि रथयात्राको निर्माण गरी कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्णको प्रतिमा राखेर रथयात्रा निकाल्ने परम्परा छ । मन्दिर निर्माणका लागि सज्जन पौडेल, सोमराज मुखिया पौडेल र कृष्णप्रसाद पौडेलले प्रदान गरेको जग्गामा १९८८ सालमा पण्डित इन्द्रलाल भट्टले मन्दिर स्थापना गरी खट यात्रा सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्