बिराटनगरकाे ऐतिहासिक राधाकृष्ण रथ यात्रामा अाज निस्कन लागेकाे रथ यस्तो छ

<span class='c1'>बिराटनगरकाे  ऐतिहासिक राधाकृष्ण रथ यात्रामा अाज</span> <span class='c2'>निस्कन लागेकाे रथ  यस्तो छ</span>

बिराटनगर, १८ भदौ । बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा भएको छ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ  । आज ४ बजे राधाकृष्ण मन्दिरबाट रथ यात्रा सुरु हुनेछ ।

यस्तो छ रथ : रथयात्राका लागि सुनौलो रंगको पैगोडा शैलीको २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो रथ निर्माण गरिएको छ । रथको अग्र भागको दायाँ र बायाँ गरी दुबैपट्टि ७५ फिट लामो रथ तान्ने लठा निर्माण गरिएको अध्यक्ष बाबुराजा ओझाले बताए । रथको दायाँ लठ्ठा पुरुष र बायाँ महिला भक्तजनले तान्ने परम्परा छ ।

[caption id="attachment_63425" align="alignnone" width="720"] Photo : Ashok Humagain[/caption]

५१ औं रथयात्राको मुख्य आकर्षण घोडाको प्रयोग गरी तानिने बग्गी भारतबाट ल्याइएको र रथयात्रा मार्गमा हेलिकप्टरबाट पुष्पगुच्छा वर्षाइने रहेको छ । रथको अगाडि ३ किलोमिटरसम्म विभिन्न जातजाति, धर्म संस्कृति झल्किने झाँकी, भजन मण्डलीहरू र प्रदेश १ प्रहरीको बैन्ड रहने आयोजकले जनायो । रथयात्रा मार्गमा १७ ठाउँमा विभिन्न लोक नृत्य प्रदर्शन गर्नेसमेत व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्