जुटमिल प्रकरण: विराटनगरको जुटमिलमा एक महिना अघि लगाईएको ताला तोडेर काम शुरु

<span class='c1'>जुटमिल प्रकरण: विराटनगरको जुटमिलमा एक महिना</span> <span class='c2'>अघि लगाईएको ताला तोडेर काम शुरु</span>

 

प्रेम देवान,
विराटनगर, १९ भदौ ।
विराटनगर जुटमिलको विवाद अझै बढ्दै गएको छ । दुई व्यवस्थापन पक्ष विच एक आपसमा कुरा नमिल्दा मिलमा अझै पनि विवाद यथावत नै रहेको छ । मिलमा अहिले मुकुन्दप्रसाद नेपाल र बसन्त वन संञ्चालक समितीको अध्यक्षको रुपमा दावी गर्दै आएका छन् ।
दुबै पक्ष आफ्नै अडानका साथ अगाडी बढेका वन र नेपाल पक्ष बिच भदौ १८ आईतबार दुई पक्ष विच छलफल भएको थियो । बसन्त वनको पक्ष र पुराना कर्मचारीविच बार्तामा बसेका थिए । लामो समयसम्म वार्ता हुँदा पनि एक आपसमा सहमति हुन सकेन । आपसी सहमती हुन नसकेपछि मुकुन्द प्रसाद नेपालको पक्षले एक महिना अगाडी लगाएको ताला आईतबार बसन्त वन पक्षका कर्मचारी तथा मजदुरहरुले तोडेको मिलका प्रशासन सहायक मनोज पुरीले जानकारी दिए । गत साउन १ गते विराटनगरको जुटमिल प्रशासनमा करार अवधि सकिएर निष्काशनमा परेका कर्मचारीहरूले तलब भत्ता नदिएको भन्दै तालाबन्दी गरेका थिए । प्रशासनमा ताला लगाए पनि मिल भित्र भने काम भईरहेको थियो । तर पुनः करार अवधि सकिएर निष्काशनमा परेका कर्मचारीहरूले साउन १६ गते मिल भित्र प्रवेश गर्ने मुल गेटमा नै ताला बन्दी गरको मिलका कर्मचारी सतिश देवानले बताए । पटक पटक वार्ता र छलफलमा बसेका कर्मचारी व्यावस्थपन पक्ष विच सहमति नटुङ्गिएपछि गेटमा लगाईएको ताला फोडेर काम गर्न सुरु गरिएको हो ।
वसन्त वनका पक्षहरुले सोमबार विहानैदेखि मिल भित्र बगैचा तथा मिलका पार्टपुर्जा सरसफाई गर्ने काम गरिहेका छन् । जुटमिल प्रशासन व्यवस्थापन पक्षले एकलौटी ताला तोडेको भन्दै पुराना करारका कर्मचारी अपत्ती जनाएका छन् । कामबाट निस्काशन गरिएका कर्मचारीहरूमा मनोजकुमार खड्का, दिनानाथ सिंह, जीतेन्द्र मण्डल, राकेश कर्ण, विपिन कोइराला, अवधेश सिंह, शुक्रराज लिम्बू, बिमला काफ्ले, योगेश काफ्ले र रमा ज्ञावाली रहेका छन्। उनीहरूले आफूहरूले पाउनु पर्ने सेवा सुविधा नपाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । जुटमिलका अध्यक्ष वसन्त वनले जीर्ण रहेको मिलले विस्तारै तलब भुक्तानी गर्दै जाने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्