विराटनगर, १८ भदौ । बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्राको झाँकी शुरु भएको छ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसँगैे राधाकृष्ण मन्दिरबाट रथ सुरु हुने भएपनि केही बेर अघि देखि नै झाँकी निस्कन थालेको हो । तर रथ भने ३ बजे पछि मात्र निस्कने तयारी भईरहेको छ ।