रथ निस्कन भन्दा पुर्ब गरिने सुरक्षाको लागि ब्यापक सुरक्षाकर्मी परिचालित भएका छन् । अहिले रथको सुरक्षा देखि बाहिरी सुरक्षा सम्मको ब्यवस्था मिलाईएको छ । रथको अगाडि ३ किलोमिटरसम्म विभिन्न जातजाति, धर्म संस्कृति झल्किने झाँकी, भजन मण्डलीहरू र प्रदेश १ प्रहरीको बैण्ड साथमा ड्रोन क्यामाराबाट सुरक्षा निगरानी गरिने जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए ।