विराटनगरको रथयात्रामा २० जना बढीको गला लुछिए, चोरीमा संलग्न ६० जना पक्राउ

<span class='c1'>विराटनगरको रथयात्रामा २० जना बढीको गला</span> <span class='c2'>लुछिए, चोरीमा संलग्न ६० जना पक्राउ</span>

विराटनगर, १९ भदौ ।
भिडभाडको मौका छोपी चारी गर्न खोज्ने एकजनालाई प्रहरीले बिराटनगरबाट ६० जना बढीलाई पक्राउ गरेको छ । विराटनगरको ऐतिहाँसिक रथयात्राको अबलोकनको लागि सर्बसाधारणको भिडको मौका छोपी चोरी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । यसरी पक्राउ परेका अधिकांश भारतीय रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। रथयात्रामा दर्शन गर्न आएका सुनिल खतिवडाको घाँटिमा लगाएको सुनको सिक्री नै एक ब्यक्तिले लुछेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेका चोरहरुको नाम भने सार्बजनिक गरेको छैन । सुरक्षाको कारण भन्दै चोरीमा संलग्नलाई पक्राउ गर्नको लागि बिशेष सुरक्षाको ब्यवस्था सहित ड्रोन क्यामेराबाट निगरानी गरिएको थियो । तर पनि आफ्नो गलामा लगाएको सुनको सिक्री तथा बोकिएको पर्स हराएको भन्दै २० जना भन्दा बढी जिल्ला प्रहरी कार्यालय मोरङमा पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्