आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

<span class='c1'>आफ्नै विद्यार्थीमाथि यौन दुर्ब्यवहार</span> <span class='c2'>गरेको आरोपमा शिक्षक पक्राउ</span>

गाईघाट, १९ भदाै ।  जिल्ला अदालत उदयपुरले सुनसरीको बराह क्षेत्र–८ घर भई उदयपुरको बेलुका नगरपालिका–३ मा व्यापार गर्दै आएका ६२ वर्षीय सुढीलाल चौधरीलाई स्थानीय १४ वर्षीया बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्षको जेल सजायको फैसला गरेको छ । न्यायाधीश तीर्थराज केसीको इजालासले चौधरीलाई बालिका जबर्जस्ती करणी गरेको अभियोगमा सात वर्ष जेल सजाय र रु ३० हजार जरिवाना गर्ने फैसला गरेको स्रेस्तेदार रीतबहादुर मगरले बताउनुभयो ।२०७४ फागुन २५ गते बेलुका नगरपालिका–३ की १४ वर्षीया बालिकालाई घर जाँदै गरेको बेला चौधरीले जबर्जस्ती पक्रेर घारीमा लगी बलात्कार गरेको अभियोगमा प्रहरीले चौधरीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

यौन दुव्र्यवहार गर्ने फरार शिक्षक पक्राउ 

त्रियुगा नगरपालिका–३ बगाहाका राष्ट्रिय उच्चमाविका शिक्षक वीरेन्द्र बस्नेतलाई आफ्नै विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बस्नेतले यही भदौ १० गते रातको समयमा आफ्नै विद्यालयका कक्षा ७ मा अध्ययन गर्ने १३ वर्षीया छात्राको घरमा गएर कोठामा प्रवेश गरी यौन दुव्र्यवहार गरेका थिए । छात्रा कोठामा चिच्याएपछि बस्नेत फरार भएका थिए । छात्राका आफन्तले प्रहरीमा जाहेरी दिएपनि फरार रहँदै आएका बस्नेत गत शनिबार पक्राउ परेका थिए । पक्राउ गरिएका बस्नेतलाई बालिका यौन दुव्र्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको जिप्रका उदयपुरका प्रमुख चन्द्रदेव राईले बताउनुभयो ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्