अमेरिकी डलर ११४ पुग्यो , नेपाली रुपैयाँ कमजोर हुदै

<span class='c1'>अमेरिकी डलर ११४ पुग्यो ,</span> <span class='c2'>नेपाली रुपैयाँ कमजोर हुदै</span>

काठमाडौं भदौ १९ । अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ कमजोर हुने क्रम अझै थामिएको छैन। पछिल्ला केही दिनयता लगातार डलर बलियो बन्दै गइरहेको छ भने नेपाली रुपैयाँ कमजोर।

यही क्रममा मंगलबार एक अमेरिकी डलरको सवनिमयदर ११४ रुपैयाँभन्दा माथि पुगेको छ। यसको अर्थ सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न ११४ रुपैयाँ २४ पैसा खर्चिनुपर्छ। यो हालसम्मकै उच्च हो।

मंगलबारका लागि राष्ट्रबैंकले एक अमेरिकी डलरको खरिद दर११३ रुपैयाँ ६४ पैसा तोकेको छ। यो सर्वसाधारणबाट बैंक वा मनी एक्सचेन्जरहरूले खरिद गर्ने दर हो। सोमबार यस्तो विनिमय दर ११३ रुपैयाँ २९ पैसा थियो। नेरुको तुलनामा डलर निरन्तर बलियो बन्न थालेपछि त्यसबाट पर्नसक्ने असरबारे राष्ट्रबैंकले अध्ययन गर्ने भएको कान्तिपुर दैनिकमा समाचार छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्