झापामा भुस्याहा कुकुरको आतंक , ४० खसीबोका मरे

<span class='c1'>झापामा भुस्याहा कुकुरको आतंक ,</span> <span class='c2'> ४० खसीबोका मरे</span>

झापा, भदौँ १९

झापाको अर्जुनधारा नगरपालिका– ८ हात्तीकिल्लामा भुस्याहा कुकुरको टोकाइबाट खसी बोका मरेपछि स्थानीयवासी त्रसित छन् । दैनिक दर्जनको सङ्ख्यामा हुल बाँधेर हिँड्ने जङ्गली कुकुरले टोकेकै कारण करीब ३५ स्थानीयवासीको खसीबोका मरेका छन् । कुकुरको टोकाइबाट एक हप्तायता सोही क्षेत्रका बासिन्दाका ४० खसीबोका मरेका छन् जसको मूल्य रु तीन लाखभन्दा बढी रहेको सोही वडाका वडाध्यक्ष गोपीचन्द गौतमले बताउनुभयो ।

शिशुहरुको स्कुलको शुल्क तिर्न र दशैँखर्च टार्न भनी पालिएका खसी यसरी भुस्याहा कुकुरले मारिदिँदा आर्थिक क्षति पुगेको बताउँदै भुस्याहा कुकुर नियन्त्रण र क्षतिपूर्तिका लागि पीडित पक्षले वडा नं ८ का वडाध्यक्षलाई आइतबार ज्ञापनपत्र बुझाएका छन् ।
उहाँका अनुसार अर्जुनधारा–३ मा रहेको शिविरबाट भुटानी शरणार्थी अमेरिकालगायत देशमा पुनर्वास भएपछि उनीहरुले पालेका कुकर जङ्गल पसेका थिए । तीनै जङ्गली कुकुरले यतिबेला गाउँ पसेर आतङ्क मच्याएको उहाँको भनाइ छ ।

पीडित लक्ष्मी गौतमले खोरमा राखेका खसीबोका जोगाउनका लागि जाग्राम बस्दै आएको बताउनुभयो । भुस्याहा कुकुरले टोकेर उहाँको प्रतिवटा रु १० हजार पर्ने चार खसी मरेका छन् । अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले भुस्याहा कुकुर मार्ने अधिकार नगरलाई नभएको हुँदा समस्या भइरहेको बताउँदै यसको नियन्त्रणका लागि तत्काल जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर अघि बढ्ने जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्