झापाको मिनी क्यासिनोबाट दराज फुटाएर रकम चोरी गर्ने पक्राउ परे

<span class='c1'>झापाको मिनी क्यासिनोबाट दराज फुटाएर</span> <span class='c2'>रकम चोरी गर्ने पक्राउ परे</span>

झापा। मेचीनगरबाट चोरीको रकमसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर–६ का २५ वर्षीय मिलन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । श्रेष्ठले मेचीनगर–६ स्थित एसेस लाउण्डा मिनी क्यासिनोबाट गत भदौ ९ गते दराज फुटाएर रु ११ लाख ९३ हजार चोरी गरेका थिए ।

क्यासिनोमै काम गर्ने कर्मचारीको टिप्स राख्ने दराज फुटाएर उनले चोरी गरेका थिए । श्रेष्ठ सोही क्यासिनोका कर्मचारी हुन् । उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्