विराटनगर भदौ १९ । बिराटनगर बरगाछीबाट १३ किमी पश्चिम रहेको सुनसरीको बर्जु गाउँपालिका-६ मा रहेको बर्जु तालको बारेमा धेरैलाई थाहा नै होला ।बर्जुताल अहिले पूर्वकै पर्यटकीय गन्तव्य बन्न थालेको छ । बर्जु ताल प्रदेश नम्वर एकको सबैभन्दा ठूलो जलाशय भएको क्षेत्रमा समेत पर्दछ ।
पछिल्लो समय बर्जु तालमा पिकनिक खानेदेखि अध्ययन अनुसन्धानका लागि पनि धेरै मानिस पुग्ने गरेका छन् ।
अहिले पूर्वकै बिभिन्न प्रमुख पर्यटकीय स्थान मध्ये एउटा बर्जुताल पनि हो ।
एक सय ५१ विगाह बढी क्षेत्रफलमा फैलिएर रहेको बर्जुताल १ सय विघा क्षेत्रमा जलाशय रहेको छ ।ताल संरक्षण समितिका अनुसार हिन्दू धार्मिक ग्रन्थ महाभारतका पात्र पाँच पाण्डवको कहानीसँग यो तालको सम्बन्ध जोडिएको छ ।
बिराट राजाको दरबार, गौशाला अनि चरन क्षेत्रसँगै वनवास गएका पाण्डवहरुले तालको पानी पिउँदा बेहोस भएको जस्ता धार्मिक कथनसँग तालको सम्वन्ध जोडिएको छ ।प्रकृति निर्माण बर्जुताल केही वर्ष अगाडि संरक्षण अभावमा उजाड र घाँसे मैदानको रुपमा परिणत बन्दै गएको थियो ।
ताल हेर्न आउने र यहाँको दृष्यसंग रमाउने आन्तरिक तथा बाहृय पर्यटकको संधै भिड लाग्ने गरेको छ ।बर्जुताल सिमसार क्षेत्र पनि हो । यहाँ वाह्रै महिना जमिनमुनिबाट पानी उमि्रने गर्दछ ।सिमसार भएकाले बर्जुतालमा जलचर,थरचर प्राणीको वासस्थान समेत रहेको छ ।(अनलाइन खबरको सहयोगमा)
तस्बिरमा हेर्नुहोस यस्तो छ ताल :
तस्बिर : मौसम दाहाल