अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको लागी विराटनगरको सहिद रंगशालामा २० खेलाडी छनौट (नाम सहित)

<span class='c1'>अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको लागी विराटनगरको सहिद</span> <span class='c2'>रंगशालामा २० खेलाडी छनौट (नाम सहित)</span>

प्रेम देवान
विराटनगर १९ भदौ । अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा खेल्न जान लागेका २० जना खेलाडीलाई विराटनगरमा छनौट गरिएको छ ।
भारतको आगरामा हुन लागेको एसियन स्कुल अफ च्याम्पियनसिप २०१८ मा सहभागी खेलाडीलाई मंगलबार उनीहरुको उत्कृष्ट खेलको आधारमा छनौट गरिएको हो ।काठमान्डौमा भएको ललित स्मृती यु १८ च्याम्पियनसिपबाट उत्कृष्ट ८० जना मध्येबाट ३५ जनालाई छनौट गरी विराटनगरमा ल्याइएको थियो ।
गत साउन ३० गतेबाट विराटनगरको सहिद रङ्गशालामा गरिएको बन्द प्रशिक्षणमा २० जना खेलाडी छनौट गरिएको हो । बन्द प्रशिक्षणको पहिलो चरण अन्र्तगत ३५ जनाबाट २४ छनौट भए भने दोस्रो चरणको छनौटबाट २० जना उत्कृष्ट खेलाडीलाई छनौट गरिएको मुख्य प्रशिक्षक चेतनाराण श्रेष्ठले जानकारी दिनुभयो । २० दिन सम्म उनीहरुले प्रस्तुति दिएको आधारमा २० जना खेलाडी छनौट गरिएको उहाँले जानकारी दिनुभयो ।

आगामी असोज ४ गतेदेखि १४ गते सम्म हुन लागेको एसियन स्कुल अण्डर १८ फुटबल च्याम्पियनसिपको ४६ औं सस्करणको खेल हुदैछ ।
भारतको आगराको भौगोलिक मौसम र विराटनगरको मौसम मिल्ने भएका कारण विराटनगरमा बन्द प्रशिक्षण गरिएको नेपाली राष्ट्रिय यु १८ टिमका व्यवस्थापक रुपेश अधिकारीले जानकारी दिनभयो ।

को-को परे त खेलाडी : 

गोल किपर
विष्णु कुमार केसी,
विशाल सुनवार
सुर्य अधिकारी

डिफेन्स
विकास खवास
नविन गुरुङ
राजन गुरुङ
अशिम गुरुङ
संदिप पौड्याल
संञ्जित राई
मिड फिल्ड
नितिन थापा
मनिस थापा
जय गुरुङ
सेसेहाङ्ग आङ्गदेम्वे
सुरज ज्यू ठकुरी
अनिल मर्हजन

फरवार्ड
दिनेश हेम्जन
बुद्ध वल तामाङ
रितिक खड्का
अनुप गुरुङ

वैकल्पिक खेलाडीहरु
आकास रानाभाट
पवन शाही
विवेक राई दर्शन गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्