एक नम्बर प्रदेशमा अव्यवहारिक, क्षेत्राधिकार बाहिरका, दोहोरो र अनावश्यक कर हटाइने

<span class='c1'>एक नम्बर प्रदेशमा अव्यवहारिक, क्षेत्राधिकार बाहिरका,</span> <span class='c2'>दोहोरो र अनावश्यक कर हटाइने</span>

विराटनगर, १९ भदौ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले अव्यवहारिक, क्षेत्राधिकार बाहिरका, दोहोरो र अनावश्यक कर हटाइने बताएका छन् । प्रदेश सरकारले तयारी गरेको करको सम्बन्धमा उठेको विवाद समाधान गर्न सरकारले पहल सुरु गरिसकेको बताएका हुन् । प्रदेशसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री आङ्वोले करको विषयमा कतिपय स्थानीय तहले सामान्य कमजोरी गरेको भएपनि त्यसलाई अनावश्यक चर्काइएको दाबी गरे । करको सम्बन्धमा भएका सामान्य त्रृटीलाई लिएर संघीयतामाथि नैे आक्रमण भइरहेको भन्दै उनले यसको सबैले प्रतिरोध गर्नुपर्ने बताए ।
संघ र प्रदेश सरकारले लगाएका करमा खासै विवाद नभएको उल्लेख गर्दै मन्त्री आङ्बोले स्थानीय तहका करमा उत्पन्न विवाद समाधानका लागि मन्त्रालयले पहल सुरु गरिसकेको जानकारी दिए । कतिपय स्थानीय तहले क्षेत्राधिकार बाहिर कर लगाएको र कतिपयमा दोहोरो करको समस्या देखिएको स्वीकार गरे । उनले भने, ‘दोहोरो करको समाधान गर्न मन्त्रालयले प्रदेशभरीका १ सय ३७ वटै स्थानीय तहका आर्थिक ऐन झिकाएर अध्ययन गरिरहेको छ ।’
जनताले इमान्दारिताका साथ कर तिरेमा मात्र देशको विकास हुने दाबी गर्दे मन्त्री आङ्वोले राज्यले पनि क्षमता अनुसार कर लिने नीति लिने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्