एक नम्बर प्रदेशसभा बैठकद्वारा विपद् ब्यवस्थापन सम्बन्धमा बनेको विधेयक पारित

<span class='c1'>एक नम्बर प्रदेशसभा बैठकद्वारा विपद्</span> <span class='c2'>ब्यवस्थापन सम्बन्धमा बनेको विधेयक पारित</span>

विराटनगर, २० भदौ । एक नम्बर प्रदेशसभा बैठकले विपद् ब्यवस्थापन सम्बन्धमा बनेको विधेयक पारित गरेको छ ।
प्रदेश सभाको बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो । प्रदेश भित्र हुन सक्ने प्राकृतिक र मानविय विपद्को जोखिम कम गर्न, विपद्पछि उद्धार, राहत र पुनस्र्थापनका लागि सरकारले विधेयक संसदमा पेस गरेको थियो । विधेयक माथि कुनैपनि संसोधन नपरेकाले प्रदेशसभाको पुर्ण बैठकले दफावार छलफल बिनै विधेयक पारित गरेको हो । प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले जितिया पर्वमा थारु समुदायलाई विदा दिन र कोशी अञ्चल अस्पतालको क्षमता विस्तार गर्न माग गरेका थिए ।
सांसद सुनिताकुमारी चौधरीले जितिया पर्वमा सार्वजनिक विदा दिन प्रदेश सरकारसंग माग गरे । अर्की सांसद साबित्रा रेग्मीले कोशी अञ्चल अस्पतालको क्षमता कम हुदा विमारीले सास्ती पाएको भन्दै २० बेडको आइसियुको निर्माण गन सरकारसंग माग गरिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्