इलाम। इलामको माइ नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यू भएको छ ।
मृत्यू हुनेमा माइ नगरपालिका –१ घर भई माइ नगरपालिकाकै वडा नं.६ पलासेमा डेरा बस्ने ३६ बर्षिया कुमारी योङहाङ रहनु भएको छ । हिजो बेलुका करिव पाँचवजे उहाँलाई चट्याङ लागेको थियो । छिमेकीको घरमा चिया खाँदै गरेको अवस्थामा उहाँलाई चट्याङ लागेको थियो । उहाँको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
चट्याङ लागेर अन्य दुई जना घाइते हुनु भएको छ । घाइते हुनेमा स्थानिय टिकामाया योङहाङ र प्रकृती फत्र रहनु भएको छ । उहाँहरुको झापाको विर्तामोडमा उपचार भइरहेको छ । मृतकको शवलाई आज पोष्टमार्टम गरिने बताईएको छ ।