उदयपुरमा पाँच वर्षीया बालिका बलात्कार गर्नेलाई १२ वर्ष जेल सजाय

<span class='c1'>उदयपुरमा पाँच वर्षीया बालिका बलात्कार</span> <span class='c2'>गर्नेलाई १२ वर्ष जेल सजाय</span>

गाईघाट। जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ ।

जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो । बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरीपछि कार्की पक्राउ परेका थिए । यस्तै जिल्ला अदालतले सोमबार बालिका बलात्कारको अभियोगमा ६२ वर्षीय सुढीलाल चौधरीलाई सात वर्ष जेल सजायका साथै रु ३० हजार जरिवानाको फैसलासमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्