सक्कली भनेर बिक्री गर्न ल्याएको सुन नक्कली भएपछि…

<span class='c1'>सक्कली भनेर बिक्री गर्न</span> <span class='c2'>ल्याएको सुन नक्कली भएपछि…</span>

काठमाडौं, भदौ २० गते । सुन तस्करले सक्कली भनेर बिक्री गर्न ल्याएको सुन नक्कली भएपछि घटनाले अर्कै मोड लिनपुगेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विशेष सुराकीको आधार मङ्गलवार बिहान नागढुङ्गाबाट दुई किलो सुनसहित छ जनालाई पक्राउ गरेको थियो तर दिउँसो प्रहरी परिसर कार्यालय टेकुमा आयोजित पत्रकार सम्मेलनमा परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीले बरामद सुन नक्कली भएको जानकारी दिनुभयो ।

उक्त सुन बोकेर ग्राहकको प्रतिक्षा गरिरहेका धादिङ गङ्गाजमुनाका अभिषेक तामाङ सहित छजनाको टोली सुन बेचेर करिब दुई करोड प्राप्त हुने लोभमा थिए ।
सुन पक्राउपछि प्रहरीको विशेष अनुसन्धान टोली समेत १५ देखि २० प्रतिशत कमिसन प्राप्त हुने आशमा थियो ।
केही व्यक्ति अवैध सुन बोकेर ग्राहक खोज्दै हिँडेको सूचनाका आधारमा परिसरबाट पक्राउ गर्न विशेष प्रहरी टोली परिचालन गरिएको थियो ।
सो टोलीले अबैध एक–एक किलो सुनको ‘दुईटा विस्कुट सहित छ जना पक्राउ गरेको २४ घण्टा नबित्दै नक्कली भएको प्रमाणित भएपछि सबै हिस्स परेका हुन् ।
परिसरका प्रवक्ता जोशीले भन्नुभयो–ल्याव टेष्ट गर्दा सुन नक्कली नै भएको पुष्टि भयो । उक्त नक्कली सुनसहित नुवाकोट तारकेश्वरका राम तामाङ, धादिङ दार्खाका राज तामाङ, नुवाकोटकै जीतेन तामाङ, वीरेन्द्र तामाङ र राजकुमार तामाङ पक्राउ परेका छन् ।
पक्राउ अभियुक्तहरूले नक्कली सुन सक्कली भनेर विक्री गर्न ग्राहक खोज्दै हिँडेको बताएका छन् । उनीहरूलाई ठगी अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्