विराटनगर भदौ २० ।
क्षेत्रीय हबका रुपमा रहेका विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रात्रि उडान गरिनेछ । झापाको चन्द्रगढी, जनकपुरलगायत विमानस्थललाई पनि रात्रि उडानका लागि प्राविधिक तयारी भइरहेको छ । भदौ १६ गते नै विभिन्न एयरलाइन्सको २५ वटा उडान तालिका स्वीकृत भएको छ । बुद्ध एयरको १४, श्रीएयरलाइन्सको चार र यति एयरलाइन्सको सात वटा उडान तालिका स्वीकृत भएको छ ।