स्विट्जरल्यान्ड सरकारले नेपाललाई २ अर्ब १२ करोड रुपैयाँ बराबरको अनुदान प्रदान गर्ने

<span class='c1'>स्विट्जरल्यान्ड सरकारले नेपाललाई २ अर्ब १२</span> <span class='c2'>करोड रुपैयाँ बराबरको अनुदान प्रदान गर्ने</span>

काठमाडौं भदौ २० । स्विट्जरल्यान्ड सरकारले नेपाललाई २ अर्ब १२ करोड रुपैयाँ बराबरको अनुदान प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । सुरक्षित आप्रवासन परियोजनको तेस्रो चरण कार्यान्वयनबाट प्राप्त हुने १ करोड ८१ लाख २१ हजार स्विस फ्रान्क (२ अर्ब १२ करोड २७ लाख ५८ हजार रुपैयाँ) नेपाल सरकारले स्विकार गर्ने भएसँगै दुई देश श्रम आप्रवासनको क्षेत्रमा थप ४ वर्ष सहकार्य गर्न तयार भएका हुन् ।
सहायता स्विकार गर्ने सम्बन्धको सम्झौतापत्रमा बुधबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थसचिव डा. राजन खनाल र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत एलिसाबेथ भोन क्यापलरले हस्ताक्षर गरे ।
नेपाली अर्थतन्त्र र नेपाली जनतामा वैदेशिक रोजगारीको महत्वको ख्याल गर्दै स्विट्जरल्यान्ड नेपाललाई सन् २०११ देखि सहयोग गर्दै आएको छ । सहकार्यले विदेशमा रहेका नेपाली श्रमिक आप्रवासीलाई सघाउ पुर्याउनेछ ।
सुरक्षित आप्रवासन परियोजनाको तेस्रो चरण २०१८ देखि २०२२ सम्म कार्यान्वयन हुँदैछ । परियोजना नेपालका ३९ जिल्लामा कार्यान्वयन गरिनेछ । स्विट्जरल्यान्ड सरकारले परियोजनाको प्राविधिक पक्षमा सहयोग गर्ने भएको हो । यसअघि मन्त्री परिषद्को भदौ ८ गते बसेको बैठकले सो रकम बराबरको सहयोग स्विकार गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्