काठमाडौं भदौ २० । ललितपुरमा १० वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । बाडेगाउँस्थित सम्बन्ध विच्छेद भइसकेकी श्रीमतिपट्टिकी १० वर्षीया छोरीलाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको परिसर ललितपुरका डीएपी नरेन्द्र चन्दले बताए ।
घटनाबारे अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए । बाबुको नाम सार्वजनिक गर्दा पीडितको नाम खुल्ने भएकाले प्रहरीले कसैको नाम सावजनिक गरेको छैन । पीडितको स्वास्थ्य परीक्षण भइरहेको प्रहरीले जनाएको छ ।