झापामा मन्त्री सहितकाे टाेलीद्वारा पानी उद्याेगकाे अनुगमन, आधा दर्जन उद्योगको नमूना सङ्कलन

<span class='c1'>झापामा मन्त्री सहितकाे टाेलीद्वारा पानी उद्याेगकाे</span> <span class='c2'>अनुगमन, आधा दर्जन उद्योगको नमूना सङ्कलन</span>

झापा, २० भदाै । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाका पानी उद्योगको आज अनुगमन गर्नुभएको छ । मोरङका विभिन्न १० वटा पानी उद्योगमा कोलिफर्मको मात्रा पाइएपछि मन्त्री घिमिरेले यहाँका पानी उद्योगको अनुगमन गर्नुभएको हो । पानी जीवनको महत्वपूर्ण आधार भएकाले पानीको शुद्धता अत्यावश्यक भएको मन्त्री घिमिरेले बताउनुभयो । 'प्रदेश सरकार स्वच्छता र शुद्धताको अभियानमा लागेको छ, उहाँले भन्नुभयो, 'सार्वजनिक शौचालय र विद्यालय सुधारको लागि अभियान पनि चलाएको छ ।' अनुगमनका क्रममा झापाका तृष्णा, लाइफलाइन, गोर्खालगायत आधा दर्जन पानी उद्योगको नमूना सङ्कलन गरिएको छ । सङ्कलित नमूनाको नतिजा एक साताभित्र सार्वजनिक गरिने जनाइएको छ । अनुगमन कार्यमा घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख चन्द्र मिश्र, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, कर्मचारी, पत्रकारको टोली सहभागी थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्